मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षकलाई वडाध्यक्षले हाजिर गराउन रोकेपछि नगरप्रमुख र वडाध्यक्षबिच घम्साघम्सी

barnanmedia.com · Tue Aug 13 21:55:29 UTC 2024

जीतपुरसिमरा उपमहानगर शिक्षा समितिले सरुवा गरेको शिक्षकलाई वडाध्यक्षले हाजिर गराउन रोकेपछि नगरप्रमुख र वडाध्यक्षबिच घम्साघम्सी भएको छ ।

उपमहानगरको नगर शिक्षा समितिको गत जेठ १७ गते निर्णय गरेर सरुवा भएकी शिक्षिका सीता अधिकारीलाई वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले हाजिर गर्न नदिएर रजिष्टर लुकाएपछि मंगलबार जनप्रतिनिधिबिच घम्साघम्सी भएको हो ।सरुवा भएका शिक्षकलाई हाजिर गर्न अवरोध गरिएपछि जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेल आफैँ विद्यालयमा पुगेका थिए । त्यतिबेला वडा अध्यक्ष श्रेष्ठले कुनै पनि हालतमा शिक्षिका अधिकारीलाई हाजिर हुन नदिने अडान राखेपछि दुई पक्षबिच केहीबेर घम्साघम्सी भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)