निगमका महाप्रबन्धक पौडेल मन्त्रालयमा तानिए
ekantipur.com · Mon Nov 15 16:51:32 GMT 2021
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल (प्रकाश)लाई मन्त्रालयमा तानेको छ । पौडेलले कात्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा पर्यटन विज्ञमा नियुक्त गरिएको पत्र पाएको बताए । सरकारले ०७७ असोजमा चार्टर्ड एकाउन्टेट पौडेललाई निगमको संचालक समिति सदस्यबाट महाप्रबन्धक बनाउने निर्णय गरेको थियो ।
०७७ असारमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले निगमको संचालक समिति सदस्यका रुपमा निगममा नियुक्त गरेका थिए । निगमको संचालक समितिका अध्यक्ष पूर्वसचिव सुशील घिमिरेले गत जेठमा राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले कात्तिक ८ गते झलनाथ खनालको सिफारिसमा इलामका युवराज अधिकारीलाई महाप्रबन्धकको समेत काम गर्ने गरी चार वर्षका लागि कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो । अधिकारीको नियुक्तिपछि महाप्रबन्धक पौडेल कामविहीन बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)