मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै अमेरिका राउन्ड अफ ३२ मा प्रवेश

nepalpress.com · Fri Jun 19 23:22:45 GMT 2026

काठमाडौँ । अमेरिका फिफा विश्वकप फुटबल–२०२६ अन्तर्गत राउन्ड अफ ३२ मा प्रवेश गरेको छ।

सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो।

विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो।

अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उपहारस्वरुप प्राप्त गर्यो। ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो।

अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर प्राप्त गर्यो।

त्यसपछि खेलको ४३औँ मिनेटमा अमेरिकाका एलेक्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत अमेरिकाले अष्ट्रेलियामाथि २–० गोलअन्तरको जित निकाल्यो।

यस जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ। अष्ट्रेलिया ३ अंकका साथ दोस्रो स्थानमा छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय