मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायतको बेडफोर्डमा दुई रेल एकआपसमा ठोक्किए, १ जनाको मृत्यु, ८९ घाइते

barnanmedia.com · Fri Jun 19 23:18:52 GMT 2026

बेलायतको बेडफोर्डमा दुईवटा रेल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८९ जना घाइते भएका छन् । ब्रिटिस ट्रान्सपोर्ट पुलिसका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ ।

दुर्घटनाको भयावहतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले यसलाई ठूलो घटना घोषणा गरेको छ । अहिले घटनास्थलमा ठूलो संख्यामा अग्निनियन्त्रक, प्रहरी र एम्बुलेन्स टोलीहरू उद्धारका लागि खटिएका छन् । दुर्घटनामा कोर्बीबाट लन्डन सेन्ट पानक्रसका लागि छुटेको रेल र नटिङ्घमबाट लन्डन सेन्ट पानक्रसका लागि छुटेको रेल आपसमा जुधेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)