सम्पत्ति छानबिनले ‘आतंक’: ‘सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भयो’
nagariknews.nagariknetwork.com · Wed May 27 03:40:01 GMT 2026

सम्पत्ति छानबिन आयोगको दायरामा परेसँगै विभिन्न समयमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू आतंकित बनेका छन् । बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो चरणमा आर्थिक वर्ष २०६२/६३ सालदेखि २०८१/८२ सम्म सार्वजनिक पदधारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णयसँगै गठन गरेको छानबिन आयोगले काम थालेको छ । जंगबहादुर डाँगी नेतृत्वमा गठन भएको आयोगले सोमबारदेखि काम थालेको हो। छानबिनको दायरामा करिब ३० हजार जना पर्ने भएका छन्।
एकातिर यो कामको प्रशंसा भएको छ भने अर्कोतिर सरकारले लोकप्रियताका लागि सार्वजनिक पद धारण गरेका व्यक्ति उनीहरूका परिवारलाई आतंकित बनाउने काम गरेको गुनासो पनि सुनिन थालेको छ । आर्थिक अनियमितताको आशंका गरिएका व्यक्ति र तिनका परिवारको सम्पत्ति छानबिन गर्नुको साटो सबैलाई एउटै डालोमा हाल्ने काम सरकारले गरेको गुनासो गर्दै सरकारका एक पूर्वसचिवले भने, ‘निवृत्त भएर सामान्य जीवन बिताइरहेकालाई पनि दुःख दिन काम सरकारले गर्यो।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)