मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाधिवेशनअघि चितवनमै रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, ५ एजेण्डा तय

lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनमा बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा बैठक दिनको १ बजे भरतपुरस्थित होटल सीएमटीको बैठक हलमा आयोजना गरिएको हो।

रास्वपाले आइतबारदेखि चितवनमै आफ्नो राष्ट्रिय महाधिवेशन सुरु गर्न लागिरहेको बेला त्यसको तयारीका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको जनाएको छ।

बैठकमा महाधिवेशनको तयारी, महाधिवेशन प्रतिनिधि व्यवस्थापन, महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदन, पार्टी विधान संशोधन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार बैठकमा पाँचवटा एजेण्डा समावेश गरिएको छ। जसमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि सम्बन्धी विषय, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधन तथा विविध विषय रहेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)