पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन
nepalsamaya.com · Wed May 27 04:18:03 GMT 2026

कास्की- पोखरा महानगरपालिका– ९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।
पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शंकरराज बरालको अध्यक्षतामा समिति गठन गरेको हो। समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्यसचिव रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)