भुइँमा पानी छर्केर पढ्छन् विद्यार्थी
gorkhapatraonline.com · Wed May 27 04:16:43 GMT 2026

बिहान विद्यालय जाँदा ईश्वर वलीको झोलामा किताबकापी मात्रै हुँदैन, पानीको एउटा भाँडो पनि हुन्छ । दाङको घोराही उपमहानगरपालिका–२, चाक्लीघाटस्थित श्री आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय वलीलाई अहिले पानीबिना कक्षाकोठामा बस्नै कठिन पर्छ ।
घरबाट विद्यालय पुग्न पाँच मिनेट पनि लाग्दैन । नियमित विद्यालय जाने ईश्वर पछिल्लो समय भने विद्यालय जान खासै रुचि नलाग्ने बताउनुहुन्छ । पछिल्ला दिनमा अत्यधिक गर्मी बढेपछि कक्षाकोठामा बस्न नसकिने अवस्था भएको उहाँको अनुभव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)