मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहाडको उच्च स्थानको घाँसेमैदान, लहरै हिमालले आकर्षक छ जलजला

himalpress.com · Wed May 27 04:17:20 GMT 2026

म्याग्दी- पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालसहित सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ।

धवलागिरि गाउँपालिका–७ की शान्ति थापाले जलजलाको समथर फाँटमा बसेर आँखैअगाडि हिमालको लर्कन हेर्दा चित्रकारले कोरेको क्यानभासजस्तो अनुभूति भएको बताइन्। “छिनछिनमा हुने बादल र हिमालको लुकामारी जलजलाको फरक आकर्षण रहेछ,” उनले भनिन्, “दृश्यावलोकनसँगै गुर्जाघाट, छेन्तुङ, ढोरपाटनको जनजीवन, उत्तरगङ्गाको दर्शन तथा घोडा सवारीले यात्राको थकान नै बिर्सायो ।” बर्खायाममा पशुगोठ, समथर फाँट, वनजङ्गल र पहाडी भूगोल तथा वसन्त ऋतुमा गुराँसे जङ्गल अवलोकन गर्न पाइने भएकाले जलजलाको आकर्षण थपिएको धवलागिरि गाउँपालिका–३ का नरेश विश्वकर्माले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)