भ्रष्टाचारमा हदम्यादको तरंग !
rajdhanidaily.com · Tue May 09 23:16:53 GMT 2023
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले भ्रष्टाचारमा पाँचवर्षे हदम्याद राख्ने प्रस्ताव ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिनेगरी ल्याइएको गल्छेंडा भनी टिप्पणी गरेको छ । पाँच वर्षपछि भ्रष्टाचार मुद्दा नलाग्ने कानुन बनाउन नहुनेमा ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको जोड छ ।
टीआई नेपालले विज्ञप्ती निकालेर दुवै विधेयकमा रहेको भ्रष्टाचारमा पाँचवर्षे हदम्याद रहने प्रस्तावित व्यवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रतिनिधिसभामा दफावार छलफलका क्रममा रहेको भ्रष्टाचार निवारण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी दुईवटा विधेयकमा भ्रष्टाचारमा पाँचवर्षे हदम्याद राख्ने व्यवस्था प्रस्तावित छ । सो विधेयकमाथि दफावार छलफलका क्रममा रहेका बेला ट्रान्सपरेन्सीको सो भनाइ आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)