मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यार्थी टिकाउ दर बढेको दाबी

nepallive.com · Sun May 26 13:10:00 UTC 2024

काठमाडौँ- शैक्षिक सत्र २०८० मा विद्यालय तहका विद्यार्थीको टिकाउ दर क्रमशः बढ्दै गएको दाबी गरिएको छ। अर्थमन्त्री वर्षमान पुनद्वारा आइतबार प्रस्तुत आर्थिक सर्वेक्षण, २०८०/८१ मा शैक्षिक सत्र २०८० मा कक्षा आठसम्मको टिकाउ दर ८६ दशमलव दुई प्रतिशत, कक्षा १० सम्मको टिकाउ दर ६९ दमशलव ९ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३७ दशमलव दुई प्रतिशत पुगेको उल्लेख गरिएको छ।

शैक्षिक सत्र २०७९ मा विद्यार्थीको टिकाउ दर कक्षा आठ, कक्षा १० र कक्षा १२ सम्म क्रमशः ८५ दशमलव सात, ३७ दशमलव तीन र ३५ दशमलव ६ प्रतिशत रहेको थियो। प्रारम्भिक बाल विकास केन्द्र र पूर्व प्राथमिक कक्षा सञ्चालन बढेपछि औपचारिक शिक्षाको गुणस्तर वृद्धिमा योगदान पुगेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)