मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भलमनसा ऐन ल्याउने तयारी

gorkhapatraonline.com · Wed May 27 04:22:15 GMT 2026

थारू समुदायमा प्रचलित भलमनसा प्रथासम्बन्धी कानुनी व्यवस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकारले बडघर/भलमनसा ऐन निर्माण गर्न थालेको छ । सरकारले बडघर र भलमनसा प्रथाको संरक्षण, प्रवर्धन एवं विकास गर्ने उद्देश्यले यो ऐन बनाउन लागेको हो । ऐन निर्माणका लागि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश बडघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरिसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने आदिवासी थारू जातिभित्र परम्परादेखि प्रचलनमा रहेको बडघर र भलमनसा प्रथाको संरक्षण, प्रवर्धन र विकास गर्न प्रथाजनित साङ्गठनिक प्रणालीको क्षेत्राधिकार र कार्यप्रक्रिया व्यवस्थित गर्न ऐन बनाउन लागेको हो । यसले प्रथासँग सम्बन्धित विभिन्न खेल, परम्परा र सांस्कृतिक प्रचलनको नियमनका लागि कानुनी व्यवस्था गर्ने छ । कला, संस्कृति, संस्कार जोगाउने जिम्मा प्रदेश सरकारको रहेको सामाजिक विकासमन्त्री मेघराज खड्काले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)