मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीमा रासायनिक मलको अभाव

lokaantar.com

म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्नबाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरु रासायनिक मल नपाएर समस्यामा परेका हुन् ।

माग अनुसार मल आपूर्ति नहुँदा अभाव भएको हो । म्याग्दीको उच्च पहाडी क्षेत्रमा किसानले धानबाली रोप्न थालेका छन् । चैत र वैशाख महिनामा बारीमा छरेको मकैमा युरिया मल राख्ने समय भएको छ ।

मंगला गाउँपालिका–१ कुहुँका किसान इनदेवी मगरले धान रोप्ने र मकै गोड्ने समयमा मल नपाउँदा किसानहरु निराश भएको बताइन् । समयमा युरिया मल छर्न नपाउँदा मकै र धानको उत्पादन घट्ने उनले चिन्ता व्यक्त गरिन् ।

जिल्लामा बर्खेबालीका लागि दुई सय ७८ मेट्रिकटन युरिया मलको कोटा निर्धारण भएकोमा हालसम्म एक सय १० मेट्रिकटन मात्र आपूर्ति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जिव बास्तोलाले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले ढुवानीको समस्या देखाएर समयमा मल आयात र वितरणको व्यवस्था मिलाउन नसकेको बताए ।

म्याग्दीको तीन हजार आठ सय ८५ हेक्टरमा धान र नौ हजार चार सय ३५ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)