प्रिमियर लिगः लिभरपुलको सानदार जित
ratopati.com · Sat Dec 13 18:53:16 GMT 2025
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा लिभरपुलले ब्राइटनलाई २–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिके नायक बने ।
खेलको पहिलो मिनेटमै एकिटिकेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । सुरुआतमै पाएको गोलपछि लिभरपुलले खेलमा नियन्त्रण बनायो । दोस्रो हाफको ६०औँ मिनेटमा एकिटिकेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)