अस्पतालले गाउँ र शहरलाई जोड्नुपर्छः पूर्वमुख्यमन्त्री चौधरी
barnanmedia.com · Fri Jun 19 23:56:00 GMT 2026

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अस्पतालले गाउँ र शहरलाई जोड्नु पर्ने बताउनुभयो । दाङको तुलसीपुरमा शुक्रबार साझा अस्पतालको उद्घाटन सत्रमा उहाँले गाउँका जनताको स्वास्थ्यलाई ख्याल गर्नुपर्ने बताउनुभयो । अहिले पनि गाउँका जनताले बिशेषज्ञ सेवा प्राप्त गर्न नसकेको जनाउँदै यसतर्फ ध्यान दिनुपर्छ भन्नुभयो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले तुलसीपुर तथा आसपासका बिरामीलाई बाहिर रेफर गर्ने वातावरण अन्त्य गर्न यस्ता अस्पतालको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा दिन सकेमा यहाँका बिरामी बाहिर जानु पर्ने अबस्थाको अन्त्य हुने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)