मोरक्कोले दर्ता गरायो पहिलो जित, स्कटल्याण्ड पराजित
baahrakhari.com · Sat Jun 20 00:00:14 GMT 2026

काठमाडौं । मोरक्कोले विश्वकप २०२६ मा पहिलो जित दर्ता गराएको छ । समूह 'सी'को दोस्रो चरणमा स्कटल्याण्डलाई उसले १-० गोलले हराएको हो ।
खेलमा मोरक्कोका इसामेल सैबरीले गोल गरे । उनले विश्वकपको यस संस्करणमा हालसम्म भएका खेलमा सबैभन्दा छिटो गोल गरेका हुन् । उनले खेलको ७० सकेन्डमा गोल गरेका हुन् ।
इसामेलले यसअघि ब्राजिलसँग भएको खेलमा पनि गोल गरेका थिए । उक्त खेल बराबरीमा रोकिँदा मोरक्कोले एक अंक जोडेको थियो । स्कटल्याण्डसँगको जितसँगै तीन अंक पाउँदा मोरक्कोले तालिकामा चार अंक जोडेको छ ।
मोरक्कोले स्कटल्याण्डको नकआउट चरण प्रवेशलाई धकेलिदिएको छ । उक्त समूहबाट पहिलो खेल स्कटल्याण्डले मात्रै जितेको थियो । स्कटल्याण्डले हाइटीलाई १-0 ले हराउँदै तालिकामा तीन अंक जोडेको थियो ।
#फुटबल
#विश्वकप
#मोरोक्को
#स्कटल्याण्ड
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ