मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर

nepallive.com · Sun May 26 14:34:59 UTC 2024

काठमाडौँ- निलम्बित न्यायाधीश भुवन गिरीलाई जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो। उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन्।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)