भेडा चराउन गएका युवकको लेक लागेर मृत्यु
gorkhapatraonline.com · Wed May 27 04:36:56 GMT 2026

हाल बाजुरा जिल्ला र हुम्ला जिल्लाबिच सीमा विवाद रहेको रानी खर्क लाम्पाटा क्षेत्रमा एक जना पुरुषको मृत्यु भएको छ । भेडा चराउन गएका रानी खर्क लाम्पाटा क्षेत्रमा गौमुल गाउँपालिका–३ मानकोट स्थायी ठेगाना भई हाल खार्पुनाथ गाउँपालिका–२ थालीमा बस्दै आएका २८ वर्षीय इव रोकायाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो ।
थाली सामुदायिक वन क्षेत्रमा मङ्गलबार दिउँसो रोकायाको मृत्यु भएको जानकारी उहाँसँगै रहनुभएको २५ वर्षीया श्रीमती कविता चौलागाईंले भेडाधनी शेर रावललाई दिएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)