मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्घीय संसद्बाट चार अध्यादेश स्वीकृत

gorkhapatraonline.com · Sat Jun 20 00:07:15 GMT 2026

सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख तेस्रो साता जारी गर्नुभएका आठमध्ये चार वटा अध्यादेश सङ्घीय संसद्ले स्वीकृत गरेको छ । प्रतिनिधि सभामा करिब दुई तिहाइ बहुमत रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो तर माथिल्लो सदनको दुई ठुला दल नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको समर्थनमा चार वटा अध्यादेश बहुमतले स्वीकृत भएको हो ।

सङ्घीय संसद्को दुवै सदनको छुट्टाछुट्टै बैठकमा शुक्रबार चार वटै अध्यादेश निर्णयार्थ पेस भएको हो । सरकारले वैशाख २५ र २६ गते राष्ट्रिय सभामा आठ वटा अध्यादेश दर्ता गराएको थियो । आठ वटै अध्यादेश राष्ट्रिय सभाको वैशाख २८ गतेको बैठकमा पेस भयो । अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूचीबाट हटाइएको करिब दुई सातापछि सरकारले शुक्रबारको बैठकमा निर्णयार्थ पेस गर्ने गरी कार्यसूचीमा राख्न आग्रह गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय