मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन

barnanmedia.com · Fri Jun 19 23:58:05 GMT 2026

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत् सात योजना निर्माणाधीन अवस्थामा छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत सात वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन् ।

आयोजना प्रमुख श्यामजी भण्डारीले वैशाख महिनामा दुई वटा योजना सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दे गाउँपालिका–३ स्थित किल्चोक शाखा सडकमा नाला निर्माण र ऋषिङ गाउँपालिका–१ होक्सेटारमा खानेपानी मुहान तथा पाइप सुधार योजना सम्पन्न भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)