एआईले रोजगारीमा महाविनाश ल्याउँदैन : स्याम अल्टम्यानको दावी
ictsamachar.com

काठमाडौं । आर्टिफिशियल इन्टेलिजेन्स (एआई) को तीव्र विकाससँगै विश्वभर डरको माहौल बनेको थियो । मानिसहरूलाई लागेको थियो कि उनीहरूको जागिर सधैंका लागि समाप्त हुनेछन् । अब ओपनएआईका सीईओ स्याम अल्टम्यानले यस विषयमा एउटा महत्त्वपूर्ण बयान दिएका छन् । उनका अनुसार एआईले रोजगारीका लागि कुनै “महाविनाश” ल्याइरहेको छैन । उनले स्पष्ट पारे कि वाइट–कलर जागिरहरू ( व्यावसायिक, डेस्क-आधारित र प्रशासनिक भूमिकाहरूलाई जनाउँछ जसलाई सामान्यतया डिग्री वा विशेष तालिम चाहिन्छ) समाप्त हुनेबारे उनको पहिलाको चिन्ता आवश्यकता भन्दा बढी थियो ।
स्याम अल्टम्यानले यस क्रममा आफू गलत साबित भएकोमा खुशी लागेको बताए । सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएपछि उनलाई निकै डर लागेको थियो । उनलाई लागेको थियो कि सुरुवाती तहका धेरै वाइट–कलर जागिरहरू हराउनेछन् । तर वास्तविकतामा रोजगारीमाथिको असर अनुमान गरेभन्दा धेरै कम रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ
शाम अल्टम्यान