मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा ‘रेमल’ चक्रवातको प्रभाव, कस्तो हुनेछ मौसम?

nepallive.com · Mon May 27 00:32:02 UTC 2024

काठमाडौं- नेपालमा अहिले स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बङ्गालको खाडीमा विकसित न्यून–चापीय प्रणाली जेठ १२ गते साँझ चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवातको रुपमा रहेको महाशाखाले जनाएको छ । उक्त चक्रवातलाई रेमल नाम दिइएको छ। चक्रवात भारतको पश्चिम बङ्गाल तथा बङ्गलादेशको तटीय क्षेत्रीय तर्फ अगाडि बढिरहेको जनाइएको छ। चक्रवातको प्रभाव नेपालमा समेत परेको भन्दै महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण देखि पूर्णरुपमा बदली रहने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)