राजेन्द्र विमलसहित १५ जना स्रष्टा सम्मानित
ratopati.com · Sun Nov 12 06:39:00 GMT 2023
काठमाडौँ । मानवअधिकार तथाशान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारद्वारा वरिष्ठ साहित्यकार राजेन्द्र विमल (धनुषा)लगायत १५ जना स्रष्टाहरुलाई शनिवार काठमाडौंमा एक कार्यक्रम गरी सम्मान गरेको छ ।
विमललाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रदान गरिएको हो । यसैगरी, डा कृष्णराज सर्वहारी (दाङ देउखुरी)लाई ज्ञान प्रसादखनाल सहिष्णुता स्रष्टा सम्मान तथा राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान डा रामप्रसाद ज्ञवाली (गुल्मी), कृष्णकुमारी दाहालशान्ति स्रष्टा सम्मान सुलोचना मानन्धर (काठमाडांै), पवित्रादेवी चौलागाइँ मानव अधिकार स्रष्टा सम्मान प्राडा सावित्री कक्षपति (पाल्पा), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान प्रा नवराज पाण्डेय (अर्घाखाँची)लाई प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)