मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गोष्ठी र सेमिनारमा स्वास्थ्य सेवा विभागले गर्‍यो एक वर्षमै ५० करोड २७ लाख खर्च

swasthyakhabar.com · Sun May 26 13:04:00 UTC 2024

काठमाडौं- स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा ४ सय कार्यक्रममा ५० करोड २७ लाख १ हजार खर्च गरेको हो।

महालेखापरीक्षकको ६१ औं प्रतिवेदन अनुसार विभागले एक वर्षमा गरेको कूल ३ अर्ब १५ करोड ५१ लाख ८४ हजार खर्च मध्ये उक्त सूचीमा सो रकम खर्च गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)