महरा सक्रिय राजनीतिबाट बिदा
gorkhapatraonline.com · Sat Jun 20 00:22:49 GMT 2026

पूर्वसभामुख एवं नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएको छ । आफ्नो ७० औँ वर्ष प्रवेश अवसरमा स्वास्थ्यको कारण देखाउँदै सक्रिय राजनीतिबाट बिदा लिएर साधारण सदस्य मात्रै हुने विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ ।
तत्कालीन माओवादी जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका महराले स्वास्थ्यका कारण सक्रिय हुन नसकेकाले ४८ वर्षदेखिको राजनीतिक जीवनबाट बिदा लिएको उल्लेख गर्नुभएको छ । महराले नियमित उपचार, थेरापी र औषधी सेवन गर्नुपर्ने भएकाले युवालाई अघि सार्न पनि बिदा लिनु परेको बताउनुभएको छ । पार्टीमा कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलन कारण नभई केवल स्वास्थ्य अवस्थाले सक्रिय राजनीतिबाट बिदा लिएको महराले प्रस्ट पार्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)