मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

shilapatra.com · Sat Jun 27 05:35:00 GMT 2026

दक्षिण तथा दक्षिणपूर्वी एसियामा बढ्दो फोहोर तस्करी नियन्त्रणका लागि क्षेत्रीय सहकार्य सुदृढ गर्ने उद्देश्यले आयाेजित दुईदिने क्षेत्रीय गोष्ठी सम्पन्न भएको छ । काठमाडाैंस्थित फ्रान्सेली दूतावास र नयाँदिल्लीस्थित फ्रान्सेली दूतावासअन्तर्गतको फ्रेन्च होमल्यान्ड सेक्युरिटी सर्भिसले संयुक्त रूपमा आयोजना गरेको गोष्ठीका सहभागीले वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड दिएका हुन् ।

फोहोर तस्करी नियन्त्रणका व्यावहारिक उपाय, अनुसन्धान अनुभव र असल अभ्यास आदानप्रदान गर्नुका साथै यो अपराधविरुद्ध अन्तरक्षेत्रीय सहकार्यलाई अझ प्रभावकारी बनाउने रणनीति तजुमा गर्न गोष्ठी आयोजना गरिएको हो । सन् २०२४ मा आयोजित अवैध सिकार तथा वन्यजन्तु तस्करी नियन्त्रणसम्बन्धी क्षेत्रीय गोष्ठीको सफलतापछि वातावरणीय अपराधअन्तर्गत फोहोर तस्करी नियन्त्रणमा केन्द्रित दोस्रो संस्करण आयोजना गरिएको फ्रान्सेली दूतावासले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)