क्यान्सर अस्पतालमा औषधि अभाव, केमोथेरापी सेवा प्रभावित
kathmandupati.com · Wed May 27 04:56:26 GMT 2026

काठमाण्डु- विपी कोइराला ममोरियल क्यान्सर अस्पतालमा क्यानसरको औषधि अभाव भएको छ । अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार हाल क्यान्सर उपचारमा प्रयोग हुने औषधिहरुको अभाव भएको हो । उनले भने औषधिको अभावले केमोथेरापीको प्रभावकारिता घट्ने मात्र नभई, बजारमा हुने अवैध ओसारपसार र गुणस्तरहीन औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याइरहेको छ ।
हाल विशेषतः कार्बोप्लाटिन र सिसप्लाटिन भन्ने औषधिको अभाव देखिएको उनले बताए। यो अभाव नेपालमा मात्र नभई विश्वव्यापी रूपमै रहेको यी औषधिहरू बनाउन आवश्यक पर्ने एपिआई अर्थात् मुख्य तत्वहरूको विश्वव्यापी आपूर्तिमा कमी आउनु हो । निकट भविष्यमा अक्सालोप्लाटिनको पनि अभाव हुन सक्ने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)