पौडी खेल्ने क्रममा डुबेर र रोलरले च्यापिँदा तीन बालकको मृत्यु
nepalpress.com · Wed May 27 04:58:32 GMT 2026

रुपन्देही । भैरहवामा मंगलबार पौडी खेल्ने क्रममा डुबेर दुई विद्यार्थी र रंगशालाभित्र रोलरले च्यापिँदा एक नाबालकको मृत्यु भएको छ । मृतकमध्ये एक जना १४ महिने बालक र दुई जना कक्षा ८ मा अध्ययनरत विद्यार्थी छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ खजुरिया स्थायी घर भई हाल सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी बस्दै आएका १३ वर्षीय प्रिन्स चौधरी र सम्मरीमाई गाउँपालिका–६ असुरैना स्थायी घर भई हाल सिद्धार्थनगर–४ सुगरमिलमा डेरा गरी बस्दै आएका १६ वर्षीय सुरज गुप्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)