‘चेतना जगाउने माध्यम चलचित्र’
gorkhapatraonline.com · Sat Jun 20 00:26:32 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र मनोरञ्जनको माध्यम मात्र नभएर नागरिकमा जागरण, रूपान्तरण, चेतना जगाउने माध्यम भएको बताउनुभएको छ । चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिमाल–पहाड–तराईको प्रकृति र सामाजिक जीवनलाई चलचित्रले देशभित्र मात्र होइन, विश्व मञ्चसम्म चिनाउन सक्ने भएकाले यो हाम्रो साझा पहिचान निर्माणको आधार पनि भएको स्पष्ट पार्नुभयो ।
उहाँले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा समेत योगदान पु¥याउन सक्ने भन्दै सबैले त्यसतर्फ सोच्नुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले अहिलेको बदलिँदो परिवेश अनुरूपको नीति, कानुन, सुविधा र सहुलियतसहित संस्थागत सुधार गरी चलचित्र उद्योगलाई नयाँ उचाइ दिन कुनै कसर बाँकी राख्न हुँदैन भन्नुहुँदै यसका लागि कलाकार मात्र नभएर चलचित्र उद्योगसँग सम्बन्धित सबै सरोकारवालाको योगदानको उचित कदर गर्नुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)