मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

७० सेकेन्डमै गरेको गोलले स्कटल्यान्डमाथि मोरक्कोको जित

nepalviews.com · Sat Jun 20 00:28:54 GMT 2026

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गरेको छ ।

खेल सुरु भएको मात्र ७० सेकेन्डमै इस्माइल साइबारीले गरेको गोल नै मोरक्कोको जितका लागि निर्णायक बन्यो । ब्राहिम डियाजको उत्कृष्ट पासमा साइबारीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा अग्रता बनाएको मोरक्कोले त्यसलाई अन्तिमसम्म जोगायो । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्ने अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले त्यसलाई सदुपयोग गर्न सकेन ।

बराबरी गोलको खोजीमा रहेको स्कटल्यान्डले केही राम्रो अवसर पाए पनि मोरक्कोको रक्षापंक्तिलाई छक्याउन असफल रह्यो ।

मोरक्को दुई खेलमा एक जित र एक बराबरीसहित ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय