कञ्चनपुरमा गुडिरहेको मोटरसाइकलमा बाघको आक्रमण, चार जना घाइते
shilapatra.com · Wed May 27 04:58:00 GMT 2026

कञ्चनपुरमा मोटरसाइकलमा यात्रा गरिरहेका चार जना बाघको आक्रमणबाट घाइते भएका छन् । मंगलबार राति बेलडाँडी गाउँपालिका– २ स्थित दैजी–बेलडाँडी सडकखण्डमा बाघले आक्रमण गरेको हो ।
कञ्चनपुर प्रहरीका अनुसार बेलौरी नगरपालिका– ९ रतनपुर बस्ने वीरेन्द्र ठगुन्नाले सुपप्र.०१–००९ प ७६३० नम्बर मोटसाइकल चलाइरहँदा बाघले झम्टिएको हो । बाघले झम्टिएपछि भएको दुर्घटनामा ठगुन्ना, उनकी श्रीमती कल्पता, दुई वर्षीय छोरा रियान्स र १४ वर्षीय भाञ्जी आरुसी शाहु घाइते भएका छन् । घाइते तीन जनाको अवस्था मध्यम छ भने शाहु अचेत छिन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरूको महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा थप उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३
१०:४३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)