मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

प्रविधिमैत्री अवधारणामा अघि बढाउँदै मुख्यमन्त्री सिंह

barnanmedia.com · Tue Aug 13 23:14:41 UTC 2024

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशभर प्रविधिमैत्री अवधारणा लागु गर्ने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ । उहाँले दूरसञ्चार प्राधिकरण, प्रादेशिक निर्देशनालय वीरगञ्जका निर्देशक नामाकर न्यौपानेसहितका प्रतिनिधिहरूसँग सो विषयमा आज छलफल गर्नुभएको हो ।

मुख्यमन्त्री सिंहले विशेषगरी वन क्षेत्रमा सर्वसाधारणले भोगिरहेका नेटवर्कको समस्या निराकरण गर्न प्राधिकरणसँग आग्रह गर्नुभयो । उहाँले प्राधिकरणको सेवा राम्रो र स्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले खासगरी मधेस प्रदेश महोत्तरीदेखि पर्सासम्मको महेन्द्र राजमार्ग क्षेत्रमा पर्ने जङ्गलमा नेटवर्कको निकै समस्या रहेको जानकारी गराउँदै सो समस्यालाई समाधान गर्न सुझाव दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)