मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्थानीय तहमा उपनिर्वाचनको तयारी

ekantipur.com · Tue Aug 13 23:19:53 UTC 2024

काठमाडौँ — स्थानीय तहमा रिक्त रहेका पदहरूमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले गृहकार्य थालेको छ । आयोगले उपनिर्वाचनलाई लक्ष्य गरेर उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन मंगलबार सार्वजनिक आह्वान गरेको छ ।

विभिन्न स्थानीय तहमा ३४ पद रिक्त छन् । काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेख महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । जाजरकोटको नलगाढ नगरपालिकामा उपप्रमुख तथा दोलखाको गौरीशंकर गाउँपालिका र बाजुरा स्वमीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पद रिक्त छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)