मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप २०२६ : मोरक्कोद्वारा स्कटल्यान्ड १ गोलले पराजित

kendrabindu.com · Sat Jun 20 00:41:53 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गत मोरक्कोले स्कटल्यान्डलाई १-० गोलले हराएको छ । यो जितसँगै मोरक्कोको ४ अंक भएको छ ।

मोरक्कोका लागि इस्माल साइबेरीले यस विश्वकपमै सबैभन्दा छिटो गोल गरि जित दिलाए । उनले खेल सुरुआत भएको दोस्रो मिनेटमै गोल गर्न सफल भएका हुन् ।

कीर्तिमान पाँचपल्टको विश्वकप विजेता ब्राजिलसँग मोरक्कोले बराबरी खेलेको थियो । यो समुहमा स्कटल्यान्डले आइतबार हाइटीलाई १–० ले पराजित गरेको थियो । यो समुहको अहिले ब्राजिल र हाइटीबीच खेल भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय