मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो गोल गरेको खेलमा मोरक्को विजयी

barnanmedia.com · Sat Jun 20 00:38:01 GMT 2026

फिफा विश्वकप फुटबलमा मोरक्कोले स्कटल्यान्डलाई हराएको छ । आज बिहान भएको खेलमा मोरक्कोले पहिलो हाफको शुरुआती दुई मिनेटमै गरेको गोल निर्णायक भयो । मोरक्कोका इस्माल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनेटमै गोल गरेका हुन् ।

समूह ‘सी’ अन्तर्गत यसअघि भएको खेलमा स्कटल्यान्डले हैटीलाई हराउँदा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो । आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई हराएसँगै मोरक्कोको ४ अंक भएको छ ।

यसैबीच विश्वकप फुटबलमा अहिले समूह ‘सी’ मा रहेको ५ पटकको विश्व विजेता ब्राजिल र हैटीले खेल्दैछन् । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा खेल सवा ६ बजेदेखि शुरू हुनेछ । ब्राजिलका स्टार फरवार्ड नेयमारले आजको खेल पनि गुमाउने भएका छन् । उनको पिँडुलाको चोट पूर्णरूपमा निको नभएको ब्राजिलियन फुटबल महासङ्घ (सीबीएफ) ले जनाएको छ ।

ब्राजिलले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग १–१ गोलको बराबरी खेलेको थियो । यो खेलमा पनि नेयमारले खेलेका थिएनन् । आजै बिहान पौने ९ बजे टर्की ए र पाराग्वेबीच खेल हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय