मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पाेकाे सर्भिस सेन्टर सञ्चालन

arthadabali.com · Wed May 27 05:17:21 GMT 2026

काठमाडौँ / टेलि टक प्रा.लि. (रमेश कर्पअन्तर्गत) ले सानेपास्थित रमेश कम्प्लेक्समा पाेकाेको नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

कम्पनीले उक्त सर्भिस सेन्टरमार्फत पाेकाे ब्रान्डका स्मार्टफोन तथा अन्य डिभाइसहरूको बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने जनाएको छ। सानेपाको सहज पहुँचयुक्त स्थानमा स्थापना गरिएको यस केन्द्रले ग्राहकलाई छिटो, भरपर्दो र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

सर्भिस सेन्टरमा दक्ष प्राविधिक टोली, आधुनिक डायग्नोस्टिक उपकरण तथा गुणस्तरीय स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ। यसले प्रयोगकर्तालाई वारेन्टी सेवा, मर्मत, सफ्टवेयर सपोर्ट, डिभाइस जाँच, नियमित मर्मतसम्भार तथा प्राविधिक परामर्शजस्ता सेवा उपलब्ध गराउनेछ।

नेपालमा स्मार्टफोन प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा बिक्रीपछिको सेवाको आवश्यकता पनि बढ्दो रहेको कम्पनीले जनाएको छ। सोही आवश्यकतालाई ध्यानमा राख्दै पाेकाे प्रयोगकर्ताका लागि सेवा पहुँचलाई अझ सहज र विश्वसनीय बनाउने उद्देश्यले नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो।

यस अवसरमा टेलि टक प्रा.लिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले ग्राहकलाई छिटो, पारदर्शी तथा विश्वसनीय सेवा प्रदान गर्नु कम्पनीको प्रमुख प्राथमिकता रहेको बताउँदै नेपालमा पाेकाे ब्रान्डको सेवा सञ्जाल विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नयाँ सर्भिस सेन्टर सञ्चालनसँगै पाेकाे प्रयोगकर्ताहरूले अझ सहज र व्यावसायिक बिक्रीपछिको सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित विषय:

# रमेश कम्प्लेक्स

# पाेकाे

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)