आज भरतपुरमा रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा
nepalpress.com · Sat Jun 20 00:44:41 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक चितवनको भरतपुरमा आह्वान भएको छ । महाधिवेशनको तयारीसँगै रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको हो ।
महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठक भरतपुरको होटल एिमटीमा बस्न लागेको हो । दिउँसो १ बजे बस्ने बैठकमा महाधिवेशनलगायतका एजेन्डामा छलफल हुनेछ ।
बैठकमा राष्ट्रिय महाधिवेशन, महाधिवेशन प्रतिनिधि, प्रतिवेदन, विधान संशोधन प्रम्ुख एजेन्डा रहेको बताइएको छ ।
भोलिदेखि रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)