सोलुखुम्बु सदरमुकाम सल्लेरीमा जातीय विभेद
barnanmedia.com · Tue Aug 13 23:24:01 UTC 2024

सोलुखुम्ब सदरमुकामस्थित सोलुदुधकुण्ड नगरपालिका—५ सल्लेरीमा दलितमाथि जातीय विभेद भएको छ । सल्लेरीका ङवाङ शेर्पाले आफ्नी स्वर्गीय आमाको नाममा गरिएको पूजा कार्यक्रममा स्थानीय दलित समुदायलाई जातीय विभेद गरेको घटना बाहिरिएको हो ।
पीडित कुमारी विश्वकर्माकानुसार उक्त पूजा कार्यक्रममा आयोजकले गत शुक्रबार सल्लेरी ब्यारेकटोलका विश्वकर्मा समुदायलाई पनि अन्य समुदायसरह निमन्त्रणा कार्ड पठाएका थिए तर निम्तो पठाएको भोलिपल्ट शेर्पाकी श्रीमती जाङ्मु शेर्पाले दलित समुदायको घरमै पुगेर गुम्बामा दलित आउन नहुने भन्दै निमन्त्रणा कार्डसमेत फिर्ता माग्नुभएको थियो । गुम्बामा कार्यक्रम गर्ने भएकाले दलित समुदाय सहभागी हुँदा अछुतो हुने भन्दै सहभागी नहुन भनेको पीडित विश्वकर्माले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)