मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

३८ वर्षमा विमानस्थल बन्यो, जहाज कहिले ?

annapurnapost.com · Sat Sep 02 00:56:18 GMT 2023

कालीकोटको सुनथराली विमानस्थलमा भदौ १३ गते परीक्षण उडान हुने र प्रधानमन्त्रीले विमानस्थलको उद्घाटन गर्ने खबर आयो। स्थानीयहरू निकै उत्साहित भए। जहाज चढ्ने सपना पूरा हुने भयो भन्दै एकआपसमा खुसी साटे। तर, एकाएक कार्यक्रम स्थगित भएको खबर आयो। एकै छिनअघि खुसी देखिएका अनुहार क्षणभरणमै मलिन भए। ३८ वर्षपछि पनि उनीहरूको जहाज चढ्ने सपना अधुरै भयो।

वीरेन्द्रनगर : कुरा, २०४२ सालको हो। अहिले त कालीकोटमा राम्रो सडक छैन, त्यतिबेला के अवस्था थियो होला ? हो, त्यहीबेला कालीकोटमा हवाई सेवाको आवश्यकता महसुस गरियो। जिल्लाको नरहरिनाथ– १ कोटबाडास्थित सुनथरालीमा विमानस्थल बनाउन थालियो। त्यतिबेलैदेखि यहाँका बासिन्दाले विमान चढ्ने सपना देखे। त्यसयता मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन भए। तर, कालीकोटवासीको विमान चढ्ने सपना अझै पूरा भएन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)