मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

झुत्राबाट ब्रिकेट, प्रशंसनीय पहल

annapurnapost.com · Wed Mar 23 06:23:00 GMT 2022

कुनै समय थियो, नेपाल राष्ट्र बैंकले दैनिक १४ क्विन्टल अथवा १४ सय किलो पुराना नोटहरू दैनिकजसो जलाउने गथ्र्यो। राष्ट्र बैंकले नोट जलाउने स्थानमा धुवाँको मुस्लो हुन्थ्यो। देशभरका कार्यालयहरू रहेको स्थानमा हरेक दिन फाटेका र पुराना नोट जलाउने ठाउँ तोकिएको हुन्थ्यो। तर, उसले अहिले झुत्रा नोटबाट ब्रिकेट उत्पादन गर्न सुरु गरेको छ। बजारमा चलनचल्तीका निम्ति अयोग्य ठहरिएका यस्ता नोटबाट दैनिक १४ सय किलो इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट उत्पादन सुरु गरेको हो। जुन कार्य राष्ट्र बैंकको आम्दानीका लागि पनि एक कोसेढुंगा हो। उसले गरेको यस कार्यबाट पर्यावरणीय सुरक्षामा पनि योगदान पुगेको छ।

ब्रिकेटलाई नेपालीमा डल्लो भनिन्छ। जलाएर खरानी बनाइने नोटहरूलाई एक प्रकारको मेसिनमा हालेर धुलो पारिन्छ। त्यस धुलोबाट ब्रिकेट अथवा डल्लो बनाइन्छ। त्यो डल्लो दाउराजस्तै इन्धनका रूपमा प्रयोग गरिन्छ। आगो ताप्ने, खाना बनाउने, इँटाभट्टामा कोइलाको काममा ब्रिकेट प्रयोग हुन थालेको छ। राष्ट्र बैंकले फाटेका र पुराना काम नलाग्ने नोटहरूलाई मेसिनको माध्यमबाट डल्लो बनाएर बिक्री वितरण सुरु गरेपछि उसको आम्दानी पनि बढेको हो। बैंकले दैनिक जलाउने गरेको १४ सय किलो काम नलाग्ने नोटको एक किलो बिक्री गर्दा अहिले सरदर १५ रुपैयाँ मूल्य पाइरहेको छ। उसले ब्रिकेटको मूल्य फरकफरक स्थानका लागि फरकफरक राखेको छ। उसले उत्पादित ब्रिकेट किलोको १२ देखि २० रुपैयाँ तोकेको छ। भैरहवामा १२, धनगढीमा १५ र काठमाडौंमा २० रुपैयाँमा ब्रिकेट बिक्री भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)