हैटीविरुद्ध ब्राजिलको अग्रता
ratopati.com · Sat Jun 20 00:58:02 GMT 2026

फिलाडेल्फिया । फिलाडेल्फिया स्टेडियममा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले हैटीविरुद्ध १–० को अग्रता बनाएको छ। खेलको २७औँ मिनेटसम्म ब्राजिल अघि रहेको छ।
ब्राजिलका लागि २३औँ मिनेटमा माथेउस कुन्हाले गोल गरेका हुन्। भिनिसियस जुनियरको प्रहार हैटीका गोलरक्षकले रोकेपछि उत्पन्न भएको अवस्थाबाट हैटीका डिफेन्डर हान्स डेलक्रोइक्सको खुट्टामा लागेर बल कुन्हातर्फ पुगेको थियो। त्यसपछि बल जाली चुम्दै ब्राजिलले खेलमा अग्रता बनायो। गोल कुन्हाकै नाममा राखिएको छ, यद्यपि सुरुआती प्रतिक्रियामा यसलाई आत्मघाती गोल हुनसक्ने चर्चा पनि गरिएको थियो।
गोलपछि खेल केही समय रोक्दै खेलाडीहरूलाई हाइड्रेसन ब्रेक दिइएको छ।
यस समूहमा यसअघि मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गरेपछि शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेको ब्राजिललाई नकआउट चरणको सम्भावना बलियो बनाउन जित आवश्यक छ भने हैटी लगातार दोस्रो हारबाट बच्न संघर्षरत छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा