मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी ठगीमा लामिछानेमाथि तत्काल अनुसन्धान गर्नुपर्छ : थापा

ekantipur.com · Tue Aug 13 23:43:42 UTC 2024

काठमाडौँ — कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी रकम अपचलनमा संलग्न देखिएका भनिएका रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकमार्फत सरकारसँग माग गरेका छन् ।

कांग्रेस प्रमुख प्रतिपक्षमा छँदा प्रमुख सचेतकको भूमिकामा रहेका लेखकले तथ्य प्रमाण नै देखाएर कारबाही गर्नुपर्ने माग उठाएको स्मरण गराउँदै थापाले अहिले गृहमन्त्रीको भूमिकामा पुगेपछि लेखकले तीनै तथ्य प्रमाणका आधारमा अनुसन्धानमा ल्याउन माग गरेका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोलेका थापाले जतिसुकै शक्तिशाली भए पनि लामिछानेसहित सहकारीका ठगहरूलाई अनुसन्धानको दायरामा ल्याएर सरकारले ‘आफू को हुँ’ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)