मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगारीका सबै संयन्त्र पोखरा र भैरहवामा पनि

ekantipur.com · Tue Aug 13 23:39:27 UTC 2024

काठमाडौँ — वैदेशिक रोजगारीमा जानेहरूले श्रमसम्बन्धी कामका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता हट्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा श्रमिकलाई पठाउन आवश्यक पर्ने सबै संयन्त्र भैरहवा र पोखरा पठाउने निर्णय गरेको छ । श्रममन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा गत आइतबार बसेको सर्वपक्षीय सरोकारवालाको बैठकले यस्तो सहमति गरेको हो ।

‘वैदेशिक रोजगारीमा पठाउने प्रक्रियामा सहजीकरण गर्ने सबै संयन्त्र भैरहवा र पोखरामा जान सहमत भएका छन्,’ श्रममन्त्री भण्डारीले भने, ‘श्रमिकहरू काठमाडौं धाइराख्न पर्दैन ।’ वैदेशिक रोजगारीका लागि नेपालमा पूरा गर्नुपर्ने प्रक्रियाहरू श्रम स्वीकृति, अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण प्रदायक संस्थाले दिने सेवा, प्रहरी कार्यालयले दिने चारित्रिक प्रमाणपत्र र बिमा सुविधा काठमाडौं केन्द्रित छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)