नेपाल इन्जिनियरिङ कलेज र अटोल्याब टेक्नोलोजीजबीच सहकार्य
ajakoartha.com · Wed May 27 05:32:00 GMT 2026

कमठमाडौं- भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र अटोल्याब टेक्नोलोजिज् प्रा.लि. बीच विद्यार्थी नवप्रवर्तन, अनुसन्धान तथा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यसहित समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा कलेजका प्रिन्सिपल दुर्गा प्रसाद भण्डारी तथा अटोल्याबका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले हस्ताक्षर गरेका छन् ।
मंगलबार सम्पन्न सम्झौताअनुसार दुवै संस्थाले संयुक्त रूपमा ‘इन्क्युबेशन च्यालेन्ज प्रोग्राम’ सञ्चालन गर्ने भएका छन् । कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले नवीन सोच तथा परियोजना प्रस्ताव प्रस्तुत गर्नेछन् भने अटोल्याब टेक्नोलोजीजले छनोट भएका टोलीलाई आर्थिक सहयोग, मेन्टरशिप तथा इन्टर्नशिप अवसर उपलब्ध गराउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)