मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हालान्डको अर्को दाबेदारी

ekantipur.com · Tue Aug 13 23:55:27 UTC 2024

लन्डन — म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ हालान्ड लगातार दोस्रो वर्ष पीएफए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट पुरस्कृत हुने सम्भावना बढेको छ । हालान्डसहित सिटीकै फिल फोडेन र रोड्री मनोनयनमा परेका छन् । सिटीले गत वर्ष लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जित्नेक्रममा हालान्डले एक्लै ३८ गोल गरेका थिए ।

नर्वेका स्टार हालान्डले २०२२–२३ को सिजनमा सिटीलाई तेहेरो उपाधि दिलाउनेक्रममा पनि पीएफए अवार्ड जितेका थिए । सिटीको पछिल्लो सफलतामा रोड्री मिडफिल्डमा छाएका थिए । स्पेनले गत महिना युरो २०२४ को उपाधि जित्दा रोड्री प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका थिए । गत सिजनमा पेप ग्वार्डिओलाको टोलीका लागि इंग्ल्यान्डका फोडेनले २७ गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)