श्रीलंकाको ब्याटिङ प्रशिक्षकमा बेल
ekantipur.com · Tue Aug 13 23:56:14 UTC 2024
कोलम्बो — श्रीलंकाले इंग्ल्यान्डविरुद्ध हुने तीन टेस्ट शृंखलाका लागि इंग्ल्यान्डका पूर्वब्याटर इयान बेललाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । इंग्ल्यान्डका लागि १ सय १८ टेस्ट खेलेका ४२ वर्षे बेललाई अनुभवका आधारमा लिइएको श्रीलंका क्रिकेटले जनाएको छ ।
‘उनको अनुभव खेलाडीसँग बाँड्नुका साथै कन्डिसनका बारेमा पनि जानकारी गराउने भएकाले इयानलाई लिइएको छ,’ श्रीलंका क्रिकेटका प्रमुख अधिकृत एस्ली डी सिल्भाले भने, ‘यस्तो महत्त्वपूर्ण भ्रमणमा उनको अनुभवले हाम्रो टिमलाई सहयोग गर्ने विश्वास लिएका छौं ।’ श्रीलंका र इंग्ल्यान्डबीचको पहिलो टेस्ट अर्को बुधबारदेखि म्यानचेस्टरमा हुनेछ । बाँकी दुई टेस्ट लर्डस र ओभलमा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)