झापामा भतिजालाई गोली हानेर पूर्वप्रहरीले गरे आत्महत्या
ekantipur.com · Tue Oct 18 16:33:09 GMT 2022
बिर्तामोड — झापाको गौरादह नगरपालिकामा एक पूर्वप्रहरीले भतिजालाई गोली प्रहार गरेर गम्भीर घाइते बनाएपछि आत्महत्या गरेका छन् । गौरादह-८ का ३५ वर्षीय वीरेन साहले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका हुन् । मंगलबार राति ८ बजेतिर घरबाट करिब ७० मिटर टाढा आफैंलाई गोली हानी आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । साँझ ६ बजे घरमा विवाद भएको थियो ।
सामान्य विषयमा भएको विवादले ठूलो रुप लिएपछि वीरेनले भतिजा १५ वर्षीय हेमराज साहमाथि गोली चलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)