मुसिकोट पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा
gorkhapatraonline.com · Wed May 27 05:50:41 GMT 2026

गुल्मीको मुसिकोट नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेल ‘जीवन’ले नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्नुभएको हो । उहाँले जीवनका लागि खोप अत्यन्त महत्वपूर्ण विषय भएकाले यसको सुनिश्चितताका लागि अहोरात्र खटिने कर्मचारी तथा जनप्रतिनिधिलाई आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा मुसिकोट नगरपालिका खोप समन्वय समितिले निर्दिष्ट गरेका सबै मापदण्ड पूरा गर्ने नौवटै वडालाई प्रमाणीकरण प्रमाणपत्र वितरण गरिएको थियो । पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणाको अवस्था र प्रक्रियाबारे मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक पुष्कर गौतमले जानकारी गराउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं