मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्राजिलको गोल वर्षा, पहिलो हाफमै हैटीविरुद्ध ३–० को अग्रता

ratopati.com · Sat Jun 20 01:23:02 GMT 2026

फिलाडेल्फिया स्टेडियममा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल थप्दै हैटीविरुद्ध ३–० को बलियो अग्रता बनाएको छ।

ब्राजिलका लागि माथेउस कुन्हाले २३औँ र ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्‍याएका थिए। त्यसपछि पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिलको अग्रता ३–० बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय