गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल
nepalnews.com · Sat Jun 20 01:27:52 GMT 2026

रुपन्देही। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताएका छन्।
ट्राङ्क्विलिटी स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उनले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए।
राजनीतिक तथा कुटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा सत्यता नरहेको उनको भनाइ थियो। मन्त्री पौडेलले नीतिगत त्रुटी मूलभूत कारण भएको उल्लेख गर्दै यसलाई सच्याउने कार्य भइरहेको उनको भनाइ छ।
पौडेलले भने “घरमै बसेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ। यसका लागि काठमाडौँ जान पर्दैन। ”
मन्त्री पौडेलले जहाजमा केवल नेपाली श्रमिकलाई विदेश लैजाने र घर ल्याउनेभन्दा पनि पर्यटक (यात्रु) ल्याउन प्रवद्र्धनका कार्यक्रम गर्न आवश्यक रहेको बताए। उनले भविष्यमा निजगढ विमानस्थल पनि बन्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)